क्वारेन्टिनमा बस्ने घट्दै | Khabarhub Khabarhub

क्वारेन्टिनमा बस्ने घट्दै


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रदेश नम्बर २ मा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै जाँदा होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

यस प्रदेशका आठ वटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टिनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ ।

यसअघि, असार १ गतेमा यस प्रदेशका विभिन्न क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ५८१ थियो ।

कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएको कारणले क्वारेन्टिनमा बस्नेको सङ्ख्या निरन्तररुपमा घट्दै गइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा कमी आए पनि होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार, असोज १ गतेसम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या ११ हजार ६४३ थियो । असार १८ गतेसम्ममा यस प्रदेशमा सङ्क्रमित सङ्ख्या १८ हजार ५६० पुगेको छ ।

यस प्रदेशमा असार १८ गतेसम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

तीन हजार ६०३ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा सङ्क्रमितमध्ये एक हजार ९२३ जना उपचारपश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : १४ बजे

सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौं– जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

काठमाडौं– डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

‘झिँगेदाउ २’मा मुकुनको स्थानमा महेश, आर्यनको पनि प्रवेश

काठमाडौं – शीर्ष नायकलाई परिवर्तन गरी फिल्म ‘झिँगेदाउ २’ बन्ने

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप

भीम रावलले भने : स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस्

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै डा. भीम रावलले एमालेमा