क्वारेन्टिनमा बस्ने घट्दै « Khabarhub

क्वारेन्टिनमा बस्ने घट्दै


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रदेश नम्बर २ मा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै जाँदा होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

यस प्रदेशका आठ वटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टिनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ ।

यसअघि, असार १ गतेमा यस प्रदेशका विभिन्न क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ५८१ थियो ।

कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएको कारणले क्वारेन्टिनमा बस्नेको सङ्ख्या निरन्तररुपमा घट्दै गइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा कमी आए पनि होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार, असोज १ गतेसम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या ११ हजार ६४३ थियो । असार १८ गतेसम्ममा यस प्रदेशमा सङ्क्रमित सङ्ख्या १८ हजार ५६० पुगेको छ ।

यस प्रदेशमा असार १८ गतेसम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

तीन हजार ६०३ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा सङ्क्रमितमध्ये एक हजार ९२३ जना उपचारपश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : १४ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र