बझाङको मल्लेसी गाउँमा पहिरो, १७ घर पुरिए « Khabarhub

बझाङको मल्लेसी गाउँमा पहिरो, १७ घर पुरिए


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बझाङको केदारस्युँ गाउँपालिका वडा नं ८, मल्लेसी गाउँमा पहिरोले १७ घर पुरिएको हो ।

गाउँपालिकाका इञ्जिनियरसमेत रहेका सूचना तथा सञ्चार प्रविधि अधिकृत लेखराज रावलकाअनुसार बिहान २ बजेतिर पहिरो गएको जानकारी आएपछि उक्त क्षेत्रमा प्रहरीसहितको उद्धार टोली प्रस्थान गरेको छ ।

मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथीबाट पहिरो खसिरहेका कारण विहान साढे ७ बजे नै झोता अस्थायी प्रहरी चौकीबाट असईको नेतृत्वमा उद्धार टोली हिडे पनि त्यहाँ पुग्न नसकेको रावलले जानकारी दिए ।

‘पहिरोले पुरिएर ठूलै हताहती भएको अनुमान गरिएको छ,’ रावलले खबरहबसँग भने, ‘अहिलेसम्म ४ महिला र ३ पुरूष गरी ७ जनाको शव नै फेला परेको जानकारी आएको छ, हामी पनि जाने तयारी छौँ यकिन विवरण आउन समय लाग्छ ।’

पहिरोले पुरेको १७ घरमा २८ जनाको बसोबास रहेको प्रारम्भिक सूचना आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : ०३ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र