इन्फेक्सनबाट बच्न भित्रि बस्त्र अर्थात पेन्टी किन्दा ध्यान दिऔँ « Khabarhub

इन्फेक्सनबाट बच्न भित्रि बस्त्र अर्थात पेन्टी किन्दा ध्यान दिऔँ


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यौनागंको सुरक्षा र लाज छोप्न भित्रिवस्त्र अर्थात पेन्टी आवश्यक हुन्छ । तर पहिरनमा निकै सचेत हुने महिलाहरु आफ्नो पेन्टीका बिषयमा भने संवेदनसिल हुदैनन् ।

बाहिर नदेखिने भएकाले पेन्टी जस्तो लगाएपनि हुने धारणका कारण महिलाहरु यसको छनौटमा खासै ध्यान दिदैनन् । तर बाहिरी वस्त्र भन्दा पनि पेन्टी महत्वपुर्ण छ । तसर्थ पेन्टी किन्दा निम्न बिषयमा ध्यान दिनुपर्छ ।

१. पेन्टी किन्दा सुती कपडाकै किन्नु पर्दछ । सुती कपडा छालामैत्री हो यसले छालामा कुनै असर पार्दैन ।

२. कामुक देखाउँने भएकाले सिल्क वा सिन्थेटिक कपडाको पेन्टी महिलाको रोजाइमा पर्दछन् । तर यस्ता पेन्टीमा हावा छिर्दैन र इन्फेक्सन हुनसक्छ । यदि यी पेन्टी किन्नु परेमा भित्रि कभर सुती कपडा भएको पेन्टी किन्नु पर्दछ ।

३. आफ्नो नितम्बको आकारभन्दा ठुलो वा सानो पेन्टी लगाउनु हुदैन । टाइट भए असहजका साथै रगत प्रवाहमा बाधा पुर्याउँछ भने ठुलो हुदाँ खुकुलो भई हिँडडुलमा असहज पारिदिन्छ ।

४. पहिरन जस्तै पेन्टी किन्दा रोजाईको रंगको किन्नु हुदैन । रंगविरंगी पेन्टीको रंगले मुलायम छालालाई हानी पु¥याउँछ त्यसैले सेतो पेन्टी किन्नु नै उत्तम हुन्छ ।

५. व्यायाम गर्दा पनि पेन्टीमा ध्यान दिनुपर्छ । यदि गलत कपडा वा नापको पेन्टी पसिना सोस्न असमर्थ हुन्छ । यसले संक्रमण हुने खतरा हुन सक्छ ।

कसरी प्रयोग गर्ने ?
१. ब्यायाम गर्दा लगाएको पेन्टी सकेसम्म चाडैं बदल्नु पर्दछ । अन्यथा यसमा जम्मा भएको पसिनाका कारण पेन्टीबाट समेत दुर्गन्ध आउने गर्दछ ।

२. पेन्टी धुने साबुन वा डिर्टजेन्ट पाउडर रंग र सुगन्ध विहिन हुनुपर्दछ ।

३. पेन्टीमा रातो टाटो देखियो भने चिकित्सकको परामर्श लिनु पर्दछ ।

४. दिनभर बाधिएको कपडा लगाउने महिलाले राती पेन्टी नलगाउनु उचित हुन्छ ।
५. तर दिउँसो पेन्टी नलगाई हिँड्नु हुदैन । अन्यथा नितम्बको आकार झोलिएर बिग्रन्छ ।

६. पुरानो भएसंगैं पेन्टी बदल्नु पर्दछ । धेरै पुरानो पेन्टी लगाउँदा इन्फेक्सनको खतरा हुन्छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : १० बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र