प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार « Khabarhub

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

समसामयिक विषयमा परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शितल निवास पुगेको बताइएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएका छन्।

शनिबार साँझ ७ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएको एक मन्त्रीले जानकारी दिए।

‘मन्त्रिपरिषद बैठक भनिएको छैन, तर छलफलका लागि भनेर बालुवाटार बोलाइएको छ’, उनले भने।

समसामयिक विषयमा छलफल गर्नका लागि सबै मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : २३ बजे

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत