४ प्रदेशमा भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्क रहन आह्वान | Khabarhub Khabarhub

४ प्रदेशमा भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्क रहन आह्वान


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायुको प्रभावसँगै आज विभिन्न ४ वटा प्रदेशमा भारी वर्षासँगै बाढी – पहिरोको जोखिम रहेको जल  तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मुलुकका विभिन्न भू-भागमा सामान्यदेखि पूर्ण बदली रही अहिले पनि हल्कादेखि मध्यम स्तरको वर्षा भइरहेको छ ।

दिउँसोसम्म देशका सबै  प्रदेशहरुमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  हुने छ ।

प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी २४ घण्टामा भारी वर्षासँगै बिभिन्न क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ०७ बजे

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका

आयोगको निष्कर्ष : सबै दल चुनावमा जान तयार छन्, विगतमा बहिष्कार र विरोध गर्ने पनि दर्ता भए

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको मितिमा बहस

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको