१० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ « Khabarhub

१० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाकी १० वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थास्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई शुक्रवार नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि भन्दै थप १८ जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार घटनास्थलमा ब्लाङ्केट पनि भेटिएको छ । बालिकाको पोस्टमार्टम रिपोर्ट अझै आइनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या गर्नुपूर्व बलात्कार भएको हो या होइन भनेर पुष्टि गर्न सकिने बताए ।

घटनाको तीव्र अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

गत बुधवार बिहान ११ बजे भैंसी चराउन घरबाट निस्केकी १० वर्षीया बालिकाको शनिवार स्थानीय दुधमती नदी किनारमा शव भेटिएको थियो ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ०३ बजे

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता