सेती प्रादेशिक अस्पतालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार अस्पतालले एक विज्ञप्तिमार्फत १ सय ३७ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये ४५ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । नयाँ थपिएका संक्रमितहरु मध्ये १२ जना महिला र ३३ जना पुरुष रहेका छन् । उनीहरु डडेल्धुरा, कैलाली र कञ्चनपुरका रहेका छन् ।

नयाँ थपिएका संक्रमितहरु डडेल्धुराका एक महिला र ४ जना पुरुष, कैलालीका ३ जना महिला र ९ जना पुरुष र कंचनपुरका ६ र १२ वर्षकी २ जना बालिकासहित ८ जना महिला र ४, ७, ११, ११, १३ वर्षका ५ बालक सहित २० जना पुरुष रहेका छन् ।

योसँगै उक्त अस्पतालमा परीक्षण गरिएकामध्ये हालसम्म ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : १६ बजे

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

रुकुमपश्चिम – त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा

मोदी र पुटिनबीच टेलिफोन वार्ता, सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर

उच्चका २७ न्यायाधीश नियुक्ति असमावेशी भन्दै नेपाल बारको विरोध

काठमाडौं- उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिसम्बन्धी निर्णयप्रति नेपाल बार

प्रचण्डले अन्तिमसम्म आत्मालोचना गर्न भनिरहे, टसमस नभएका जनार्दनले अड्डी कसिरहे

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्डले साउन १७-१९