क्वारेन्टाइनमा मास्क अनिवार्य, सबैको स्वास्थ्य परीक्षण गरिने « Khabarhub

क्वारेन्टाइनमा मास्क अनिवार्य, सबैको स्वास्थ्य परीक्षण गरिने


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अबदेखि क्यारेन्टाइनमा रहने व्यक्तिको स्वास्थ्य परीक्षण गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत क्वारेन्टाइनमा राखिने व्यक्तिहरुको स्वास्थ्य परीक्षण हुने जानकारी दिएका हुन ।

डा गौतमका अनुसार क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्नु अघि र क्वारेन्टाइन बसाइ पुरा गरेपछि घर पठाउनुअघि स्वास्थ्य परीक्षण गरिने छ ।

यस्तै क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने पनि डा गौतमले बताए । स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइन व्यवस्थानप सम्बन्धि निर्देशिका परिमार्जन गर्दै यो व्यवस्था गरेको डा गौतमको भनाइ छ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि स्वास्थ्य सम्बन्धि व्यवस्था समायानुकूल परिमार्जन गरेको छ,’ डा गौतमले भने, ‘क्वारेन्टाइनमा बस्दा अनिवार्य मास्को प्रयोग गर्नुपर्ने, क्वारेन्टाइनमा रहने व्यक्तिहरुको क्वारेन्टाइनमा राख्नुपुर्व र क्वारेन्टाइनबाट जाँदा स्वास्थ्य अवस्था जाँच अनिवार्य गर्ने र रिपोर्ट गर्ने ।’

मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएको भए पनि परीक्षणको दायरालाई बढाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : १२ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने