सिरहाकी ८१ वर्षीया वृद्धाले जितिन् कोरोना | Khabarhub Khabarhub

सिरहाकी ८१ वर्षीया वृद्धाले जितिन् कोरोना


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोनामुक्त भइ अस्पतालबाट घर फर्किएकी छन्।

सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना संक्रमणमुक्त भएर आइतबार घर फर्किएकी हुन्। उनीसँगै सिरहाका ६३ जना कोरोना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट मुक्त भई घर फर्किंदा खुशी भएकी उनले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेशनमा बसेकाले कोरोनालाई जितेको बताइन् । घरका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि मण्डललाई पनि सिरहा क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।

दुई साता क्वारेन्टिन बसाइका क्रममा गरिएको पिसिआर परीक्षणमा उनमा पनि कोरोना संक्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा राखिएको थियो ।

करिब २० दिनमा दुईपटक स्वाब सङ्कलन गरी गरिएको कोरोना परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई घर पठाइएको आइसोलेशन इञ्चार्ज अरविन्द मण्डलले जानकारी दिए। उनीसँगै सिरहाको चन्द्र माध्यमिक विद्यालय ४९ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेशनबाट १४ जना गरी कूल ६३ जना उपचारपश्चात् निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अब महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेशनमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा २४ जना गरी ४९ जना कोरोना संक्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ७ : ०९ बजे

फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना

काठमाडौं – फोहरको थुप्रोमा खानेकुरा बनाएको भेटिएपछि ललितपुरस्थित रोयल एलिनाज

डेङ्गी लागे निःशुल्क अस्पताल जान १०२ र परामर्श लिन ११८० मा फोन गर्न सकिने

काठमाडौं – काठमाडौँ महानगरपालिकाले डेङ्गी संक्रमणबारे टेलिफोनमार्फत परामर्श दिन (रोगका

कार्यवाहक प्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री एवम्‌ सहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव

लगानी विस्तारबाटै रोजगारी र सुरक्षा प्रत्याभूति : ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले

आजका समाचार : पक्रेर देखाउन सरकारलाई रविको चुनौती, दुर्गालाई छाडेन सर्वोच्चले, लेबनानमा इजरायलको भयंकर आक्रमण

युवाबिना मुलुकले रुपान्तरण गर्न सक्दैन: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा