दाँतको सुरक्षा गर्न ध्यान दिनुहोस् यी १० कुरा | Khabarhub Khabarhub

दाँतको सुरक्षा गर्न ध्यान दिनुहोस् यी १० कुरा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दाँत पाचन प्रकृयामा मात्र होइन मानिसको ब्यक्तित्वमा समेत महत्वपुर्ण छ ।

सफा, मिलेको दाँतले मानिसको सुन्दरतामा विकास गर्दछ । अझ शरीरलाई दाँत अनिवार्य छ । खाना चपाउनु दाँतको सबैभन्दा महत्वपुर्ण काम हो । तर दाँतको राम्रोसँग हेरचाह भएन भने यसले समस्या उत्पन्न गराउँछ ।

तसर्थ दाँतलाई जोगाउन निम्न काम गर्नु पर्दछ ।

१. दाँतको सुरक्षा गर्न सबैभन्दा पहिलो काम हो, खानाअघि र पछि नियमित ब्रस गर्ने ।
२. खाना वा खाजा खाइसकेपछि मुख कुल्ला गरेर दाँतमा अड्केको खानेकुरा निकाल्ने ।
३. दाँतमा अड्केको खानाको टुक्रा निकाल्न सकेसम्म टुथपिन वा छेस्को प्रयोग नगर्ने ।
४. दाँतलाई तलमाथि, दायाँबायाँ गरी सही तरिकाले ३ मिनेटसम्म माझ्ने ।
५. दाँत माझ्न नरम र सफा ब्रसको प्रयोग गर्ने साथै प्रयोग अघि भिजाउने ।
६. सुर्ती, गुटखा लगायतका सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
७. दाँत माझ्न सकेसम्म फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्ने ।
८. अत्यधिक मात्रामा चिसो पर्दाथको सेवन नगर्ने ।
९. चकलेट वा गुलियो पर्दाथको सेवन कम गर्ने, सेवन पछि अनिवार्य मुख कुल्ला गर्ने ।
१०. तार, ढुंगा वा कुनै पनि कडा वस्तु धातु नटोक्ने ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : २१ बजे

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड