भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री नजिब अदालतमा हाजिर « Khabarhub

भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री नजिब अदालतमा हाजिर


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– अर्बौं डलर बराबरको भ्रष्टाचार प्रकरणमा संलग्न रहेको अभियोग लागेका मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रज्जाक अदालतमा उपस्थित भएका छन् । बुधबार अबौँ डलर बराबरको वानएमडीबी कोष मुछिएको भ्रष्टाचार प्रकरणमा संलग्न रहेको अभियोग लागेका उनी अदालतको उच्च अदालतमा उपस्थित भएका हुन् ।

मलेसियाको अर्थतन्त्रलाई उकास्नका लागि रणनीतिक लगानी गर्न भन्दै सन् २००९ मा नजिबले स्थापना गरेको वानएमडीबी नामक सम्पत्ति कोषबाट उनले आफ्नो आलिशानी जीवनयापन गर्न खर्च गरेको भन्ने विषयमा विभिन्न ४२ अभियोग खेपिरहेका छन् ।

वानएमडीबी कोषबाट ४ अर्ब ५० करोड डलर भन्दा धेरैको हिनामिना भएको अमेरिकी न्याय मन्त्रालयको भनाइ छ । बुधबार वानएमडीबी कोषको एसआरसी इन्टरनेशनल नामक कम्पनीको खाताबाट उनले ४ करोड २० लाख रिङ्गीट आफ्नो निजि खातामा सारेको विषयमा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धिकरणमा तीन–तीन तथा शक्तिको दुरुपयोगमा एक गरी ७ अभियोगमा सुनुवाई भएको बताइएको छ । यद्यपि अदालतले उनलाई सबै ७ वटै अभियोगमा सफाइ दिएको छ ।

त्यसअघि अदालतमा मलेसियाका महान्यायाधीवक्ता टोम्मी थोमसले अभियुक्त कुनै पनि कानून भन्दा माथि नरहेको भन्दै उनीविरुद्ध पनि उनका पूर्ववर्तीकै शैलीमा कानूनी प्रक्रिया अघि बढाइने जनाएका थिए ।

नजिबले अफूले कुनै गलत काम नगरेको र आफूविरुद्धका अभियोग राजनीतिक पूर्वाग्रहबाट प्रभावित रहेको बताउँदै आएका छन् । उनीबाहेक भ्रष्टाचार प्रकरणमा मुछिएकी उनकी श्रिमतीमाथि पनि अभियोग लागेपनि अदालतले उनलाई सफाइ दिइसकेको बताइएको छ ।

नजिबको भ्रष्टाचारबारेको अभियोगको सुनुवाई गत फेब्रुअरी महिनामा शुरु हुने बताइएपनि उनका अधिवक्ताहरुले अदालतमा एकपछि अर्को रिट दायर गरेपछि सुनुवाई ढिला गरी शुरु भएको हो ।

नजिब भ्रष्टाचार प्रकरणमा फस्दै गएपछि गत वर्ष भएको आम निर्वाचनमा उनी पराजित भएका थिए । उनको स्थानमा प्रधानमन्त्री बनेका बयोबृद्ध नेता महाथिर मोहम्मदमाथि मुलुकमा भ्रष्टाचारलाई निरुत्साहित गर्नका लागि नजिबलाई कानून अनुसार सजाय दिलाउनुपर्ने दबाब रहेको बताइन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ३९ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक