म्याग्दी प्रवासी नेपाली सङ्घको नयाँ शाखा साईप्रसमा « Khabarhub

म्याग्दी प्रवासी नेपाली सङ्घको नयाँ शाखा साईप्रसमा


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व भर छरिएर रहेका म्याग्देलीहरुलाई एकै सूत्रमा बाँध्ने हेतुले स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) ले आफ्नो सञ्जाल बिस्तारलाई निरन्तरता दिएको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा केन्द्रीय कार्यालय रहेको सङ्घको विश्वका २ दर्जन भन्दा बढी देशमा सक्रिय कार्य समिति रहेका छन् ।

म्याग्दी जिल्लाको विकासमा तथा प्रवासमा समस्यामा परेका आफ्ना नागरिकको सेवामा अग्रणी भूमिकामा रहँदै आएको सङ्घले हालै मात्र मध्यपूर्वको देश साईप्रसमा मोनाको नयाँ शाखा बिस्तार गरेको हो ।

साइप्रसको राजधानी निकोसियाको सिता पार्कमा आयोजित म्याग्देलीको भेलाले लोकराज रोका मगरको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गर्दै मोना साइप्रस गठन गरेको छ।

अध्ययन तथा रोजगारीको सिलसिलामा त्यहाँ पुगेका म्याग्देलीहरुको प्रत्यक्ष सहभागीतामा उक्त समिति गठन गरिएको हो ।

आफ्नो नेतृत्वमा एउटा नयाँ बिरुवा रोपिएको बताउँदै नवनिर्वाचित अध्यक्ष मगरले त्यसलाई मलजलसहित पानी हालेर हुर्काउन साईप्रसमा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई अनुरोध गर्दै कर्मभूमिमा समस्यामा परेका म्याग्देली तथा नेपालीहरू र जिल्लाको विकास र दुःखमा मल्हम लगाउन आफू सदैव प्रतिबद्ध रहेको बताए ।

उक्त भेलामा एनआरएनए साईप्रसका महासचिवको विशेष आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ५७ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र