हुलाकी मार्गमा पिच गर्दा गर्दै भारतीयको अवरोध | Khabarhub Khabarhub

हुलाकी मार्गमा पिच गर्दा गर्दै भारतीयको अवरोध


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- पूर्व झापाबाट पश्चिम कञ्चनपुरसम्म जोड्ने निर्माणाधीन राष्ट्रिय हुलाकी मार्गमा भारतीय पक्षले फेरि अवरोध गरेको छ ।

झन्डै एक वर्षअघि पनि सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेको थियो । आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका–८, पचुईस्थित ३८ नम्बर पिलर क्षेत्र नजिकै सडक कालोपत्रे (पिच) गर्ने तयारी हुँदै गर्दा भारतीय पक्षले बाधा पु¥याएको हो ।

एसएसबी र भारतीय प्रशासनिक अधिकारी लगायत करिब १५० जनाको हुल आएर सडक बन्दै गरेको ठाउँ भारतीय भूमि रहेको भन्दै निर्माणमा अवरोध गरेको स्थानीय बासिन्दा हरिचन्द्र ठकुरीले बताए । ठकुरीका अनुसार भारतीयले भनेअनुसार सीमा मान्ने हो भने नेपालीहरू ले भोगचलन गर्दै आएको झन्डै ३० बिघा जमिन भारततर्फ पर्नेछ ।

स्थानीय शिक्षक विवेक लम्सालले भारतीय पक्ष दादागिरीशैलीमा नेपाली भूमिमै आएर सडक निर्माण रोकेको बताए । ‘झण्डै १५० जनाको टोली आएको थियो’, ‘उनले भने, ‘सडकको काम रोकेर गए ।’

निर्माण कम्पनीलाई काम अघि नबढाउनू भनेर भारतीयले आदेश दिएपछि आइतबारदेखि काम रोकिएको उनले बताए ।

बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाका अनुसार भारतीय पक्षले जिपिएस नक्साअनुसार उक्त क्षेत्र भारतीय भूमिमा पर्ने दाबी गरेको छ ।

‘माथिको विषय भन्दै काम रोकेर गए’, लम्सालले भने, ‘भारतीय पक्षले जहिल्यै अवरोध गर्दै आएको छ ।’

यस विषयमा जिज्ञासा राख्दा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले दशगजा नजिकै सडक निर्माण भइरहेकोले उनीहरू (भातीय) हेर्न मात्र आएको बताए । उनले भने, ‘उनीहरू सडक हेर्न आएका हुन्, ठूलो विवाद केही होइन ।’

उत्त क्षेत्रमा ३७ देखि ३९ नम्बर पिलरसम्म सीमा विवाद रहेको छ । स्थानीयबासिन्दा ठकुरीले उक्त क्षेत्रमा बनिरहेको हुलाकी राजमार्ग अन्तर्गतको भूभाग आफ्नो भएको दाबी गर्दै भारतीय पक्षले सडक निर्माण रोक्न लगाएको बताए ।

गुगल म्याप हेर्दा उक्त भूमि नेपालकै रहेको देखिएपछि भारतीयहरू फर्केको ठकुरीले बताए । उनले भने ‘गुगल म्याप हेर्दा भारतले आफ्नो भनेको भूमि नेपालतर्फ देखिएपछि उनीहरू सीमा विवादबारे छलफल गर्ने भन्दै सडक निर्माण रोकेर फर्के ।’

उक्त सडक निर्माणको काम बाबाहंस सिद्धिकी निर्माण सेवाले गर्दै आएको छ । भारतीय एसएसबीले सडकखण्ड निर्माण रोक्न दबाब दिएपछि आइतबारदेखि काम बन्द रहेको निर्माण कम्पनीका सञ्चालक चक्र शाहले बताए ।

गत वर्ष अर्को ठाउँमा सडक ग्राभेलिङ गर्ने क्रममा भारतीय पक्षले अवरोध गरेको थियो । आइतबार कालोपत्रे गर्ने अन्तिम तयारी भइरहँदा काम रोकिएको शाहले बताए । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले यस बारेमा नेपाली सुरक्षा अधिकारी, प्रशासनसहितको टोलीले भारतीय पक्षसँग वार्ता गरेर समाधान निकाल्ने बताए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : ०३ बजे

सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ?

 काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले सभामुख देवराज घिमिरेले

एमालेको आरोप- निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका

जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो…

बिराटनगर– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ विषयको छैठौं सेमेष्टरको परीक्षा चलिरहेका

लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ

सुर्खेत– लागूऔषध मुद्दामा १९ वर्ष, कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन : श्रममन्त्री 

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त