दोलखामा बाँदर धपाउन 'मंकी एयर गन' वितरण | Khabarhub Khabarhub

दोलखामा बाँदर धपाउन ‘मंकी एयर गन’ वितरण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रयोग गरिने ‘मंकी एयर गन’ वितरण गरेको छ ।

नगरपालिकाले नौवटै वडाका किसानलाई बाँदर धपाउने ‘मंकी एयर गन’ वितरण गरेको हो ।

किसानहरुले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि ३० थान बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।

बाँदरले किसानहलाई दुःख दिन थालेपछि नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरेको थियो ।

पहिलो चरणमा नगरपालिकाले ३० थान बाँदर नियन्त्रयण गर्ने यन्त्र किसानलाई वितरण गरेको र यसको प्रभावकारिताको आधारमा पुन दोस्रो चरणमा थप वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : २१ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न