स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण, २४ घण्टामा ४१४ जना संक्रमित | Khabarhub Khabarhub

स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण, २४ घण्टामा ४१४ जना संक्रमित


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तीन महिनाअघि कोरोना भाइरस महामारीको केन्द्र बनेको स्पेनमा संक्रमण लगभग नियन्त्रणमा आएको बताइरहँदा पुनः नयाँ संक्रमित देखिएका हुन् ।

वर्ल्डोमिटर्सका अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा ४१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भएको छ ।

कोरोनाले फेरि महामारीको रूप लिने संकेतपछि विभिन्न ठाउँमा पुनः लकडाउन पनि सुरू गरिएको छ । स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा पुनः लकडाउन गरिएको हो ।

७० हजार मानिसको बसोबास रहेको उक्त क्षेत्रमा आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइएको छ ।

यसअघि उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि लकडाउन गरिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ५ : ३८ बजे

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान

नेपाल एयरलाइन्सले बिहीबारदेखि काठमाडौं–ग्वाञ्जाओ सिधा उडान गर्ने 

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही

महाशिला गाउँपालिकाले थाल्यो आफ्नै भवनबाट सेवा

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि पर्वतको महाशिला गाउँपालिकाले

एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित

काठमाडौं – एसिया कपको सुपर फोरको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि

सोह्रश्राद्ध सकिँदै, आज औँसी तिथि श्राद्ध

काठमाडौं– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध (पितृपक्ष) आज अपराह्नकालमा