आजका समाचार : गरिमा प्रकरणले तात्यो संसद्, कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, बागमतीमा अलमल, एमालेका कारण राप्रपामा भाँडभैलो र इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने « Khabarhub

आजका समाचार : गरिमा प्रकरणले तात्यो संसद्, कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, बागमतीमा अलमल, एमालेका कारण राप्रपामा भाँडभैलो र इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ
बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको घटनालाई लिएर सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारमाथि सांसदहरूले कडा प्रश्न उठाएका छन्। सत्तापक्षदेखि प्रतिपक्षसम्मका सांसदले दोषीमाथि कडा कारबाही, पीडित परिवारलाई न्याय र राज्यको जवाफदेहिताको माग गरेका छन्।

नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले गरिमा चौधरीको सालिक ठड्याएर मात्रै न्याय नहुने बताइन्। उनले पीडित परिवारसँग सरकारले गरेको सहमतिप्रति प्रश्न उठाउँदै राहत र सहमतिपत्रले दीर्घकालीन न्याय दिन नसक्ने बताइन्।

‘एउटा सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’ गच्छदारले प्रश्न गरिन्, ‘सहमतिपत्रले तत्काल आन्दोलन रोक्न सक्ला, राहतले क्षणिक पीडा कम गर्न सक्ला तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न सक्दैन।’

उनले जघन्य अपराधका घटनालाई मिलापत्र गराउने तथा अपराधीलाई संरक्षण गर्ने प्रयासमा संलग्नलाई समेत हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरिन्।

‘सडक तात्नेबित्तिकै मन्त्रीहरू आफैं जुर्मुराउने र स्थानीय प्रशासनलाई निकम्मा बनाउने शैलीले स्थानीय सरकार र स्थानीय प्रशासनमाथिको जनविश्वास निरन्तर घटिरहेको छ। गलत नजिर बसिरहेको छ,’ उनले भनिन्, ‘सहमतिको बुँदाले होइन, कानूनको कार्यान्वयनले राज्यको विश्वसनीयता बढ्छ।’

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाइयो

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?
श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे संसद्मा प्रश्न उठाएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने पनि उल्लेख गरे। प्रधानमन्त्री शाह एक्लै नभएर सरकारी गाडी र सेना लिएर मुस्ताङ गएको उनले बताए ।

‘उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिई जानुभएको रु के खान जानुभएको रु हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले,’ साम्पाङले भने, ‘के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’

त्यस्तै उनले बलात्कारको घटनाबारे बोल्दै कडा कानुन बनाउनुपर्नेमा पनि जोड दिएका छन् । उनले नेपालको कानुन कमजोर कि त्यसलाई चलाउने मान्छे भनेर पनि संसद्‍मा प्रश्न गरेका छन् ।

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो।

विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। दुवै दलका सबै सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेपछि उनले ५७ मत पाएका हुन्।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। कांग्रेसका २९ सदस्य रहे पनि मतदानमा २२ मत मात्रै विपक्षमा परेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित पाँच प्रदेशसभा सदस्यले भने मतदानमा भाग लिएनन्। त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु बैठकमा उपस्थित भइनन्।

कोशी प्रदेशसभामा सुरुमा ९३ सदस्य थिए। एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने

सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै नियमनकारी निकायबाट सचेत गराइएका वा नसियत पाएका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य बनाउने गरी कानुनी प्रक्रिया अघि बढाएको छ।

अर्थ समितिको सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाफियाको दफा १८ को उपदफा (१) को खण्ड ‘ड’ मा रहेको विद्यमान व्यवस्था परिमार्जन गर्न लागिएको जानकारी दिए।

हाल नियमनकारी निकायबाट कानुनविपरीत कार्य गरेको भन्दै कारबाहीमा परेका तथा कारबाही भएको पाँच वर्ष पूरा नभएका व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था रहेको उनले बताए।

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

युएईसँग श्रमसम्बन्धी संयुक्त कार्य समूहको बैठक बस्ने

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ
गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।

बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर फौजदारी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएका छन्। पक्राउ परेका प्रहरीबाहेक अन्यको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ।

बयानको भिडियो कसरी बाहिरियो र कसले सार्वजनिक गर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

निजी कार, जीप, भ्यानलाई आजदेखि नागढुंगा सुरुङ खुला (तस्बिरहरू)

सुदूरपश्चिममा एक महिनामा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल
हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदी मङ्गलबार इरान भ्रमणमा जाने भएका छन्।

भ्रमणका क्रममा उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा, द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय विषयमा छलफल गर्नेछन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भ्रमणले हर्मुजका दुई तटीय राष्ट्रबीच जारी राजनीतिक परामर्शलाई अघि बढाउने बताए।

फेब्रुअरी २८ मा मध्यपूर्वमा युद्ध सुरु भएयता हर्मुज जलघाँटीमा जहाजको आवागमन प्रभावित हुँदै आएको छ। विश्वको तेल तथा एलएनजी निर्यातको करिब पाँचौँ हिस्सा युद्धअघि यही मार्ग हुँदै हुने भएकाले जलमार्गमा आएको अवरोधले विश्व ऊर्जा बजारमा समेत असर पारेको छ।

युक्रेनको हवाई रक्षा बलियो बनाउन युरोपेली समर्थक एकजुट

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा




















प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ७ : ५४ बजे

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन