छुरा धस्न खोज्ने प्यालेस्टाइनी मारिए « Khabarhub

छुरा धस्न खोज्ने प्यालेस्टाइनी मारिए


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल– इजरायल अधिनस्थ प्यालेष्टाइनको वेष्ट ब्याङ्क क्षेत्रमा छुरा धस्न खोज्ने प्यालेष्टाइनीलाई त्यहाँ बसोबास गर्ने इजरायलीले गोली हान्दा प्यालेष्टाइनीको मृत्यु भएको छ । वेष्ट ब्याङ्कको नब्लुस क्षेत्रमा प्यालेष्टाइनीले इजरायलीलाई छुरा धस्न खोजेको र इजरायलीले जवाफमा गोली चलाउँदा उनको मृत्यु भएको हो ।

प्यालेष्टाइनीलाई गोली हान्ने इजरायलीले स्थानीय रेडियोलाई बताएअनुसार कारमा आफ्नी छोरीसँग कतै गइरहेका बेला एक प्यालेष्टाइनीले छुरो लिएर उनीहरुलाई आक्रमण गर्न आएका थिए । उनले त्यति नै बेला बन्दुक झिकेर आक्रमणकारीलाई लक्षित गरी गोली हानेको बताएका छन् । त्यस्तै अर्को कारमा रहेका अर्का इजरायलीले पनि आक्रमणकारीलाई लक्षित गरी गोली हानेका थिए ।

इजरायली सेनाले वेष्ट बङ्याकको नब्लुसमा ‘छुरा धस्न खोज्ने आतंककारी नागरिकको कारवाहीमा मारिएको’ जनाएको छ । इजरायलको बेइलिन्सन अस्पतालले गोली लागेर उपचारका लागि ल्याइएका एक जनाको मृत्यु भएको जनाएको छ ।

यता प्यालेष्टाइनी अधिकारीले भने इजरायली अतिक्रमणकारीले बाटो काट्न खोज्ने प्यालेष्टाइनीको हत्या गरेको जनाएको छ । प्यालेष्टाइनी अधिकारीले आक्रमणमा अर्का प्यालेष्टाइनी घाइते भएको जनाएको छ । इजरायली सेनाले भने त्यस घटनामा अर्का मानिस घाइते भएकोबारे कुनै टिप्पणी गरेको छैन ।

इजरायल र प्यालेष्टाइनबीच वेष्ट ब्याङ्क क्षेत्रमा सार्वभौमिकताको विषयलाई लिएर विवाद जारी छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : ५६ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल