जनकपुर- सर्लाहीमा प्रहरी सहायक निरीक्षक घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
प्रहरी सहायक निरीक्षक राम विश्वासराय यादव ५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासले जनाएको छ ।
इश्वरपुर नगरपालिका– १०, श्रीनगर, महारानी बजारस्थित कार्यालय परिसरबाट रंगेहात पक्राउ परेको यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
भारतीय नम्बरको मोटरसाइकल छुटाइ दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया