क्यानेडियन नागरिकको हत्या गरेको इस्लामिक स्टेटको दाबी « Khabarhub

क्यानेडियन नागरिकको हत्या गरेको इस्लामिक स्टेटको दाबी


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासो– आतंकवादी संगठन इस्लामिक स्टेटले बुर्किना फासोमा गत जनवरीमा एकजना क्यानेडियन नागरिकको अपहरण गरी हत्या गरेको घटनाको जिम्मा लिएको छ । इस्लामिक स्टेटको साप्ताहिक अखबार अल नबामा लेख प्रकाशित गर्दै बुर्किना फासोमा क्यानेडियन नागरिकको हत्या गरेको घटनाको जिम्मा लिएको हो ।

क्यानेडियन भूगर्भविद किर्क उडम्यानको शव गोली हानेको अवस्थामा गत जनवरी १६ मा इस्लामिक स्टेट र अल कायदाका लडाकु सक्रिय रहेको बुर्किना फासोको मरुभूमि क्षेत्रमा फेला परेको थियो । बुर्किना फासोमा खानी सञ्चालन गर्ने क्यानाडाको भ्यानाकुँवरमा मुख्यालय रहेको प्रोग्रेस मिनरल्स नामक खानी उद्योगमा काम गर्ने उनलाई केही बन्दुधारीले अपहरण गरेका थिए ।

यद्यपि बुर्किना फासोका सुरक्षा अधिकारीले भने उनको हत्या इस्लामिक स्टेटले नभई त्यहाँ सक्रिय आपराधिक समूहले गराएको हुनसक्ने जनाएका छन् । उडम्यानको अपहरण गरी त्यहाँ सक्रिय आतंकवादी समूहलाई बेच्ने क्रममा आपराधिक समूहले उनको हत्या गरेको हुनसक्ने बुर्किनाबे सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ३७ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब