कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको मेलबर्नमा ६ हप्ताको लकडाउन « Khabarhub

कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको मेलबर्नमा ६ हप्ताको लकडाउन


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमित बढेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा ६ हप्ता लकडाउन गरिएको छ ।

मेलबर्नमा तीन हफ्तादेखि लगातार कोरोना भाइरसको संक्रमण बढेपछि बुधबार मध्यरातदेखि दोस्रो पटक लकडाउन घोषणा गरिएको हो ।

भिक्टोरिया राज्यमा मंगलबार हालसम्मकै सबैभन्दा बढी १ सय ९१ जना कोरोना संक्रमित थपिएकोमा बुधबार १ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।

लकडाउन घोषणासँगै भिक्टोरिया राज्यमा बस्ने करिब ५० लाख मानिसहरू प्रभावित हुने जनाइएको छ ।

लकडाउनको अवधिमा मेलबर्नबासीहरू खानेकुरा किन्न, आवश्यक परेकाहरूको रेखदेख गर्न, व्यायाम गर्न र स्कुल अथवा काममा मात्र जान र आउन सक्नेछन् । त्यसैगरी रेस्टुरेन्ट र क्याफेहरूले ‘टेक अवे’ अर्थात् किनेर लाने मात्र व्यवस्था गर्न पाउनेछन् ।

बीबीसीका अनुसार अष्ट्रेलियामा बुधबारसम्म कोरोनाले १०६ जनाको मृत्यु भएको छ भने ९ हजार संक्रमित भएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ६ : १९ बजे

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी

रास्वपा महाधिवेशन : केन्द्रीय समितिमा निर्वाचन निश्चित, सचिवालय सदस्यका लागि अहिलेबाटै दौडधुप

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन यही असार ७

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित