मधेशी समुदायको अपमान गरेको भन्दै सन्दीप क्षेत्रीविरुद्ध उजुरी | Khabarhub Khabarhub

मधेशी समुदायको अपमान गरेको भन्दै सन्दीप क्षेत्रीविरुद्ध उजुरी


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीले मधेशी समुदायको अपमान गरेको भन्दै उनीविरुद्ध उजुरी परेको छ । वीरगञ्जका अशोक कुमार कुशवाहाले महानगरीय प्रहरी परिसर, टेकुमा हुलाकमामार्फत बुधवार उजुरी पठाएका हुन् ।

उजुरीमा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री साथै मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गर्ने कार्य गरेको भनिएको छ ।

युट्युबमा समेत अपलोड गरिएको उक्त भिडियो अहिले भने ‘प्राइभेट’ गरिएको छ ।

सन्दीपले कार्यक्रम ‘ह्वाट द फ्लप’ मा अनुहारमा कालो पोतेर मधेशी समुदायलाई होच्याउने र उडाउने गरेको आरोप छ । यसअघि पनि मधेशी समुदायले सन्दीपले मधेशी समुदायलाई अपमान गरेको भन्दै विरोध हुने गरेको थियो ।

उजुरीकर्ता अशोक कुमार कुशवाहाले हालै प्रसारण भएको ‘ह्वाट द फ्लप’ को शृङ्खलामा नागरिकता लिन जाँदा पुरुषले महिलाको पोशाक लगाएर गएको र अनुहारमा कालो पोतेर मधेशी समुदायलाई होच्याउने काम गरेकाले उजुरी दर्ता गर्नुपरेको बताए ।

खबरहबसँग उनले भने, ‘सन्दीप जी वीरगञ्जमै हुर्केको र सबथोक थाहा भएको व्यक्ति भएर पनि आफै सारी लगाएर प्रशासन गएको देखाउँदा सामाजिक रुपमा पच्नलायक भएन ।’

उनले मधेशी समुदायमा यसले गलत सन्देश प्रवाह गरेको पनि दाबी गरे । ‘उहाँले यसअघि पनि कार्यक्रममा मधेशी समुदायलाई होच्याउने काम गर्नुभएको थियो, अब त आवाज उठाउनैपर्ने भयो,’ उनले भने ।

कार्यक्रममा सारी लगाएर प्रशासन गएको देखाएको र कार्यक्रममा ‘मजाक’ मा बोलेका कतिपय कुराले मधेशी समुदायलाई चोट पुगेको कुशवाहाले बताए ।

‘मेरो श्रीमती पनि भारतीय हुन्, के म उनको नागरिकता लिन आफै सारी लगाएर जान्छु र ? यथार्थलाई त बङ्ग्याउन भएन नि,’ उनले भने ।

यता सन्दीपले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । सन्दीपले कार्यक्रम ‘ह्वाट द फ्लप’ मा मिठाइलाल ज्यादबको भूमिका निभाउँदै आएका छन् ।

उनले मधेशी समुदायको एक चरित्रलाई पर्दामा देखाएको भए पनि बेलाबेलामा मधेशीलाई होच्याउने गरी कार्यक्रम प्रसारण गरेको आरोप झेल्ने गर्छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ११ : २५ बजे

सम्बन्ध सुधार्ने प्रयासमा भारत र चीन

काठमाडौं– नेपालका दुई छिमेकी तथा परम्परागत प्रतिस्पर्धी मुलुकहरु भारत र

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

पाल्पा- वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका

सिँचाइमा क्षति हुँदा खेतबारी बाँझै

पाँचथर– एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा टारी कुलो

जन्मोत्सव मनाउने क्रममा विवादमा यामल

काठमाडौं – आफ्नो १८ औं जन्म दिन मनाउने क्रममा होचा

चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल