‘बीच बीचमा ३’ ल्याउँदै दुर्गेश, सार्वजनिक नहुँदै विवादमा « Khabarhub

‘बीच बीचमा ३’ ल्याउँदै दुर्गेश, सार्वजनिक नहुँदै विवादमा


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले सार्वजनिक गरेको म्युजिक भिडियो ‘बीच बीचमा’ गत वर्ष चर्चामा रह्यो । त्यसैबाट हौसिएका थापाले हालै ‘बीच बीचमा २’ पनि रिलिज गरे । उक्त गीतले औसत चर्चा पाइरहेको छ ।

यतिबेला भने उनले अर्को गीतको म्युजिक भिडियो ‘बीच बीचमा ३’ बजारमा ल्याउन लागेका छन् । तर, यो गीत सार्वजनिक नहुँदै विरोध शुरु भएको छ ।

दुर्गेशले बिहीवार एक गीत सार्वजनिक गर्न लागेको भन्दै एक पोस्ट शेयर गरेका थिए । उक्त पोस्टमा उनीलगायत अरु मोडलमहिलाको पोशाकमा सजिएका थिए ।

यो पोस्टर सार्वजनिक भएलगत्तै दुर्गेशले नेपाली संस्कृतिको अपमान गरेको भन्दै विरोध भएको थियो ।

विरोध भएपछि दुर्गेशले यो गीत गाईजात्रे तीज गीत भएको बताएका छन् ।

‘कथाले मागेपछि बलिउडका सलमान खान, अजय देवगनदेखि महानायक राजेश हमालले पनि शकुन्तलाको भेष धारण गर्नुपर्छ, अडियो सुनेकै छैन, भिडियो हेरेकै छैन,’ दुर्गेशले स्पष्ट पारेका छन्, ‘पोस्टर हेरेकै भरमा गलत मूल्याङ्कन गर्नु हतारको निर्णय हुनसक्छ ।

उनले आफूलाई पनि संस्कृतिको चिन्ता भएको भन्दै केही दिन धैर्य गर्न पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ११ : १६ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा