नेपालमा बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त « Khabarhub

नेपालमा बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले नेपालमा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

दूतावासले सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो ।

‘सिन्धुपाल्चोक लगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुखित छौं’, दूतावासले सामाजिक सञ्चाल ट्वीटरमा लेखेको छ- प्रियजनहरू गुमाएका परिवारप्रति समवेदना एवम् प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।’

विहीबार रातिदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी लगायतका खेलामा आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ ।

त्यसैगरी आज दिनभरको वर्षाले कास्की, म्याग्दी, लमजुङ, जाजरकोट लगायतका जिल्लामा गएको बाढी र पहिरोले धनजनको क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : ३२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि