एसईईको प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले आज सार्वजनिक गर्दै « Khabarhub

एसईईको प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले आज सार्वजनिक गर्दै


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा(एसईई) को प्रश्नपत्र ‘लिक’ गराउने अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्दैछ । प्रहरीले विहीवार(आज) प्रश्नपत्र बाहिर्याउने लाई सार्वजनि गर्न लागेको हो ।

परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्पत्र बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआईबी)ले घटनाको छानविन गरिरहेको थियो ।

सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज दिउँसो साढे २ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नपत्र आउट गर्ने अभियुक्तहरुलाई सार्वजनिक गरिने कार्यक्रम छ ।

प्रदेश नम्बर २ मा चैत १४ र १५ भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।

त्यसपछि प्रदेश २ को एसईई परीक्षा स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको थियो । नयाँ तालिका अनुसार प्रदेश २ मा यही चैत २२ गतेदेखि परीक्षा शुरु हुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : ३८ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको