दिल्ली र हैदरावादबीचको खेल आज, सन्दीप टीममा पर्लान् ? « Khabarhub

दिल्ली र हैदरावादबीचको खेल आज, सन्दीप टीममा पर्लान् ?


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापीटल्सले आज (बिहीबार) सनराइजर्स हैदरवादसँग खेल्दैछ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा हुने खेलमा दिल्ली हैदरावादसँग जीतको खोजिमा रहेको छ ।

पाँचौ खेल खेल्न लागेको दिल्लीले यसअघिका २ खेलमा जीत र २ मा हार व्यहोरेपछि ४ अंकरहेको सहित लिगको पाँचौ स्थानमा रहेको छ ।

यस्तै यसअघि तीन खेल खेलेको हैदरावादले २ खेलमा जीत र १ खेलमा हारसहित ४ अंक रहेको छ ।

तेस्रो जीतको खोजिमा रहेको दिल्ली हैदरावादसँगको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापीटल्सको पछिल्ला दुई खेलमा लगातार टिममा पर्दै आएका छन् ।

४ खेल मध्ये २ खेल खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने हैदरावादविरुद्ध मैदान उत्रने सम्भावना रहेको छ । उनले दिल्लीबाट खेलेका २ खेलमा तीन विकेट लिइसकेका छन् ।

पहिलो मुम्बईविरुद्ध एक विकेट लिएका थिए भने चेन्नई सुपर किङ्स विरुद्ध २ विकेट लिदै उत्कृष्ट लय देखाएपनि टोलीले चेन्नर्यलाई खेल सुम्पिएको थियो ।

दिल्लीले यसअघिका खेलमा उत्कृष्ट लयमा रहेका सन्दीपलाई लगातार टिममा राख्दा अर्का स्पिनर अमित मिश्रालाई पवेलियनमा राखिरहेको छ । चेन्नईविरुद्धको खेलमा दिल्लीका बलरले रन नियन्त्रणमा राख्न नतसकेका कारण आजको खेलमा दुवै स्पिनरले मैदान उत्रिने सम्भावना समेत रहेको छ ।

दिल्ली टिम

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर ९कप्तान०, कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, आभाष खान, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : ४४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक