बाढी-पहिरो अपडेट : २३ को मृत्यु, ३४ बेपत्ता « Khabarhub

बाढी-पहिरो अपडेट : २३ को मृत्यु, ३४ बेपत्ता


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर आज मुलुकभर २३ जनाले ज्यान गुमाएका छन् । अन्य ३४ जना बेपत्ता भएका छन् ।

कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । म्याग्दी, जाजरकोटमा उद्धार टोलीसमेत पुग्न नसकेकाले गाउँकै सानो उद्धार टोलीले काम गरिरहेको छ ।

हेलिकप्टर जाने तयारी गरिए पनि खराब मौसमका कारण जान नसकेको केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए । स्थानीय तह, रेडक्रम, स्थानीय प्रशासनलगायतको समन्वयमा राहत तथा अन्य व्यवस्थापनको काम जारी रहेको जनाइएको छ ।

प्राप्त विवरणानुसार म्याग्दीको धवलागिरि गाउँपालिकालगायत विभिन्न स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको र अन्य २९ जना बेपत्ता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए ।

प्रहरी टोलीले सो क्षेत्रमा उद्धार कार्य जारी राखेकोसमेत उनले बताए ।

जाजरकोटको चारेकोट गाउँपालिका–४ जिरीमा पहिरो जाँदा सातको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता छन् । कास्कीको सराङ्कोट, हेम्जा र पैतेडाँडामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।

लम्जुङको बेँसीशहर नगरपालिका–७ स्थित सातबिसेमा विपदमा परेर तीन जनाको मृत्यु भएको छ । गुल्मी र रुकुममा पनि विपद्बाट तीन जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

यसअघि बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसेलगायत क्षेत्रमा ठूलो भेलपहिरो खस्दा दुई जनाको मृत्यु भएको र अन्य २० जना अझै बेपत्ता रहेको केन्द्रले जनाएको छ ।- रासस

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : २१ बजे

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण