मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’ « Khabarhub

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’


८ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पाटी ९बोर्ड० स्थापना गरिएको छ ।

गोरखा उद्योग वाणिज्य सङ्घले मनकामना मन्दिर क्षेत्रमा डिजिटल बोर्ड स्थापना गरेको हो । “मनकामना मन्दिर दर्शकका लागि दशौँ लाख भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । गोरखाको प्रचारप्रसार गरेमा पर्यटक गोरखाका पर्यटकीयस्थलसम्म पुग्ने र पर्यटन प्रवर्द्धन हुने भएकाले मन्दिर परिसरमा जानकारीमूलक सूचना पाटी राखिएको हो”, सङ्घका अध्यक्ष भगवानबाबु मास्केले भने, “तत्कालका लागि गोरखा नगरपालिकाद्वारा निर्मित श्रव्यदृश्य सामग्री राखिएको छ । अरु थप्दै जाने छौँ ।”

डिजिटल बोर्डमा गोरखा दरबार, गोरखकाली मन्दिर, बज्रभैरव, गोरखा सङ्ग्रहालय, विष्णुपाञ्चायन, रानीपोखरीलगायत गोरखा नगरपालिकाभित्रका साथै जिल्लाका मनास्लुलगायत क्षेत्रका श्रव्यदृश्य समेटिएका सामग्री राखिएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगरले जानकारी दिए । “सुरुवात सङ्घले गरे पनि यसलाई निरन्तर सहयोग नगरपालिकाले गर्नेछ”, उनले भने ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ९ : ५० बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा