१४ अन्तर्राष्ट्रिय उडान : १६ सय नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

१४ अन्तर्राष्ट्रिय उडान : १६ सय नेपाली स्वदेश फर्किए


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ६११ नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७ यात्रु काठमाडौँ ल्याएको छ । दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । हिमालय एयरलाइन्सले दमामबाट १५४, कुवेतबाट १५१ र क्वालालम्पुरबाट १७० नेपाली ल्याएको छ ।

त्यस्तै एयर अरेबियाले सारजाहाबाट १६७, सलाम एयरले मस्कटबाट १७९ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७० यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली लिन आजै नेपाल एयरलाइन्स जेजाह र दुबई प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम र आबुधाबी उडेको छ । आजै कोरियन एयरलाइन्सले २०५ यात्रु र एक बच्चा लिएर सिओल उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

शनिबार पनि विभिन्न मुलुकबाट १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । नेपाल एयरलाइन्सले जापानका नारितामा चार्टर्ड उडान गर्दै छ । सोही एयरलाइन्सले बहराइन, जेदाह र दुबई उडान गर्नेछ । हिमालय एयरलाइन्स चीनको कुन्मीङ र दमाम उडान गर्ने विमानस्थलले तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : २७ बजे

आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्नेगरी बुधबार क,

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ

सात करोडको लागतमा पालिका भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन