म्याग्दी बाढी-पहिरो अपडेट : मृतकको संख्या २० पुग्यो  | Khabarhub Khabarhub

म्याग्दी बाढी-पहिरो अपडेट : मृतकको संख्या २० पुग्यो 


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।

बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले पहिरोले पुरिएको अवस्थामा उनीहरुको शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएका छन् ।

धवलागिरि–६ कल्लेनीका १८ वर्षीय प्रकाश केसी, राम्चेका सुकना लामगादे, आशीष दामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको छ । यसअघि शुक्रबार पहिराले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको थियो ।

यसैगरी बिमकी विष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, उनका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको शव भेटिएको छ । लापु खोलाले बगाएर रघुगङ्गा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मराङको रिखको पहिरामा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, १० वर्षीया करिष्मा जुग्जाली, आठ वर्षीया कञ्चन जुग्जाली, पाँच वर्षीय अर्जुन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, तीन वर्षीय दिप्ती जुग्जाली र एक वर्षीय दिवन जुग्जाली बेपत्ता छन् । कल्लेनीका ५१ वर्षीय जनिमा केसी र १६ वर्षीय सबिन पुनको खोजी भइरहेको छ । दुखु खोलाले बगाएर बेपत्ता भएकी मालिका–६ की ४० वर्षीया गीता रोकाको अवस्था पनि अज्ञात छ ।

बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् ।

पहिरोमा परेर घाइते भएका मराङका दुई र बिमका एक जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र सात वर्षीय सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ । ताकममा दुई, कल्लेनीमा दुई र राम्चेमा दुईजना घाइतेको उद्धार गर्न बाँकी छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : २७ बजे

महेश बस्नेतको टिप्पणी : केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध

दाङ– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई

पार्टीको महाधिवेशन गरेर विवादहरूको समाधान खोज्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको नियमित महाधिवेशन गरेर

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगर- पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको

१६ वर्षमा मतदान गर्ने र २५ वर्षमै उम्मेदवार बन्ने व्यवस्थाका लागि कानुन संशोधन गरौँ : प्रदीप पौडेल

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि

प्रधानमन्त्रीले भनिन् : सरकारको खर्च दर सन्तोषजनक भएन, तोकिएको लक्ष्य पूरा गर्न मिहिनेत गरौँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका