काठमाडौं – गण्डकी प्रदेशका थप १५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट विभिन्न ७ जिल्लाका थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई/दुईजना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक/एकजनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १९२ पुगेको प्रदेश निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रतिक्रिया