संखुवासभा पहिरो अपडेट : चारको जीवितै उद्धार, हराइरहेकाको पहिचान | Khabarhub Khabarhub

संखुवासभा पहिरो अपडेट : चारको जीवितै उद्धार, हराइरहेकाको पहिचान


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी- सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ ।

पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् ।

स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाउँलेहरुको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो ।

अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । दमका बिरामी मदन राईको हृदयघात भएर मृत्यु भएको पनि प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

पहिराले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ पहिराले बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उहाँले बताउनुभयो । सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तीमा १२ घण्टाभन्दा बढी लाग्छ ।

त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : १४ बजे

स्काउटको जग्गामा जेन-जी स्मृति पोखरी निर्माणको माग

काठमाडौं– हामी नेपालका संयोजक सुदन गुरुङले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा

एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंद्वारा पोखरा पराजित

काठमाडौं– एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जार्सलाई काठमाडौं स्पिकर्सले पराजित

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र

फरमुल्लाह मन्सुर बोल्दा कांग्रेसमा होहल्ला, भने- बोकेको नेताले निकास दिन सक्दैन

काठमाडौं- नेपाली कांग्रेसका सह-महामन्त्री फर्मुल्लाह मन्सुरको अभिव्यक्तिले बिहीबार सानेपामा जारी

सबैले नाम दर्ता गराउने वातावरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि