माइक्रोसफ्टले ल्यायो एकै पटक १ हजार जनासँग कुरा गर्न सकिने एप्स « Khabarhub

माइक्रोसफ्टले ल्यायो एकै पटक १ हजार जनासँग कुरा गर्न सकिने एप्स


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरसको महामारीपछि छुरी भएको भौतिक दूरीले विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग बढेको छ ।

तर, कतिपय कन्फ्रेन्सिङ्ग एप असुरक्षित भएको गुनासो बढिरहँदा माइक्रोसफ्टले एकदमै नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ ।

माईक्रोसफ्ट टिम्स नामको एपले भिडियो कलमा १००० सदस्यहरूलाई एकैपटक कुरा गर्न मिल्ने सुबिधा दिइएको छ।

यति मात्र होईन, यदि प्रयोगकर्ताले ठूलो स्तरमा भिडियो कलिङ्ग गर्नुपर्‍यो भने केवल भ्यू-ओन्ली अन्तर्गत २० हजार प्रयोगकर्ताहरूसँगै जोडिन सकिने समेत सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो एपले एकै पटक धेरै व्यक्तिहरूसँग जोडिदा कसले बोल्दैछ भन्ने कुराको अलमल हुन नदिन टूगेदर मोड भन्ने फिचर पनि राखेको छ ।

उक्त फिचरले समूहमा कुन सदस्यले बोल्दै छ भन्ने जानकारी गराउँछ । यसले प्रयोगकर्ताहरू माझ संवाद गर्न सजिलो बनाउँने दाबी गरिएको छ।

यस्तै प्रयोगकर्ताहरूलाई लाइभ भिडियो कलिंगको क्रममा इमोजी पठाउन पनि अनुमति दिइएको छ। यी इमोजीहरूमार्फत, तपाईंले कल गर्ने क्रममा प्रतिक्रियाहरू दिन सक्ने व्यवस्था गरिएको छ ।

जुम लगायतका एपलाई युरोपेली मुलुक, अमेरिका तथा भारत लगायतका देशले असुरक्षित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको बताइरहँदा माइक्रोसफ्टले भने एप असुरक्षित नरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : ३२ बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको