देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटन | Khabarhub Khabarhub

देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटन


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मालीमा विगत केही हप्तादेखि जारी देशव्यापी आन्दोलनका कारण अशान्ति फैलिएपछि मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले संवैधानिक अदालतलाई विघटन गरेका छन् ।

संसदीय निर्वाचनको अस्थायी नतिजालाई गत अप्रिलमा संवैधानिक अदालतले अमान्य ठहर गरिदिएपछि असन्तुष्ट समूहले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो ।

संवैधानिक अदालतको निर्णय निष्पक्ष नभएको भन्दै शुरू भएको आन्दोलन प्रतिदिन सशक्त बन्दै गएको र देशभर हिंसात्मक गतिविधि बढ्न थालेका समय राष्ट्रपतिबाट विवादास्पद संवैधानिक अदालतका सम्पूर्ण पदाधिकारीलाई बर्खास्त गर्दै सुधारको प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रपति केइटाले भने, “मैले संवैधानिक अदालतका बाँकी सदस्यहरूको इजाजतपत्र रद्द गर्ने निर्णय गरिसकेको छु । अदालतको यो विघटनले सम्बन्धित अधिकारीलाई अदालतलाई स्वच्छ तथा निष्पक्ष सावित गर्नेगरी नयाँ सदस्यहरूको मनोनयन गर्न मार्ग प्रशस्त गर्नेछ र विवादलाई अन्त्य गर्नेछ ।” अदालतको सुधारले आन्दोलनरत पक्षको आवेगलाई मत्थर गर्ने विश्वास गरिएको छ ।

राष्ट्रपति केइटाले राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनमा भने, “संवैधानिक अदालत सुधारका हाम्रो निर्णयले संसदीय निर्वाचनबाट उब्जिएका विवादलाई अन्त्य गरेको छ ।”

 देश अशान्त बन्दा कोरोना भाइरस महामारीका कारण सिर्जित समस्याहरूतर्फ ध्यान विकेन्द्रित हुँदा देशले महामारीका कारण अनपेक्षित क्षति व्यहोर्नुपर्ने बताउँदै अब सबै मिलेर विश्वव्यापी महामारीका रूपमा फैलिएका कोभिड–१९ विरूद्धको लडाईँमा अग्रसर हुनुपर्ने राष्ट्रपति केइटाले बताए । उनुभयो ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १ : ४० बजे

विष्णुमतिपछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती

इन्जिनियरलाई प्रश्न- नेपालका सडक बनिनसक्दै किन भत्किन्छन् ? 

काठमाडौं– नेपालमा यातायातको महत्त्वपूर्ण र आम मानिसको पहुँचमा भएको मार्ग

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो

तेलअभिभ- इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा