मलेसियन कम्पनीले नेपालका म्यानपावरलाई कालोसूचीमा राखे « Khabarhub

मलेसियन कम्पनीले नेपालका म्यानपावरलाई कालोसूचीमा राखे


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट कामदार आपूर्ति गर्दै आएका मलेसियका पञ्जा (ग्लोभ्स) कम्पनीले १६ भन्दा बढी म्यानपावर कम्पनीलाई कालोसूचीमा राखेका छन् । कामदारबाट मनपरी शुल्क लिने म्यानपावर कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएका म्यानपावर कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन् । कालोसूचीमा परेका म्यानपावरलाई तत्काल भिसा र डिमाण्ड नदिने मलेसियन ग्लोभ्स कम्पनीले जनाएका छन् ।

नेपाली कामदारलाई आफ्नो कम्पनीमा लैजाने मलेसियन रोजगारदाताले हवाई टिकट र अन्य सेवा शुल्क म्यानपावरलाई दिने गरेका छन् । ती कम्पनीले प्रति कामदार ७ सय अमेरिकी डलर छुटाउने गरेका छन् । कामदारका लागि कम्पनीले दिएको सेवा शुल्क र कामदार स्वयमबाट पनि ठूलो रकम अशुल्ने गरेको थाहा पाएपछि म्यानपावर कम्पनीलाई सचेत गराइएको रोजगारदाता कम्पनीले जनाएका छन् । सचेत गराउँदा पनि मनपरी अशुल्ने क्रम नरोकिएपछि कालोसूचीमा राखिएको उल्लेख छ ।

मलेसियाका रोजगारदाता कम्पनी रोजगारीमा कामदार लिदाँ सेवा शुल्क छुटाएपनि म्यानपावरले श्रमिकसँग पैसा लिएको विषयमा बेलाबेला मलेसियास्थित नेपाली दूतवासमा फोन र गुनासो आउने गरेको दूतवासका कर्मचारीले जानकारी दिएका छन् ।

मलेसियाबाट फ्रि भिसा र फ्रि टिकट ल्याएर नेपालबाट कामदार पठाउदाँ म्यानपावर कम्पनीले मनपरी रकम असुल्ने गरेका छन् । म्यानपावरले मलेसिया जाने कामदारसँग ५० हजारदेखि १ लाखसम्म उठाउने गरेको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेका छन् । मलेसियाबाट फ्रि भिसा र फ्रि टिकट नै ल्याएपनि नेपालमा कामदारबाट ठूलो रकम उठाइने गरेको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले औल्याएपछि मलेसियाका रोजगारदाता कम्पनीले धेरै म्यानपावर कम्पनीबाट कामदार लिनै छोडेका थिए । जसका कारण नेपालका लागि छुटाइएको कोटा पनि कटौती भएको छ ।

एफडब्लुसिएमएस शाखा कार्यालय खोरज

मलेसिया सरकारले विदेशी कामदारमाथि सिण्डिकेट लगाएर आर्थिक शोषण गदै आएको कम्पनीका शाखा कार्यालय खारेज गर्ने निर्णय गरेको छ । विदेशी कामदारमाथि सिण्डिकेट लगाउदै आएको संस्था (एफडब्लुसिएमएस) अन्र्तगतका सवै शाखा कार्यालय ७ चैत २०७५ देखि बन्द गर्ने मलेसिया सरकारले निर्णय गरेको हो ।

एफडब्लुसिएमएसको नेपालमा ओएससी र वानस्टप सेन्टर शाखा कार्यालय सञ्चालनमा थिए । यी संस्थालाई गत जेठ महिनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले खारेज गर्ने निर्णय गरेका थिए । त्यस बेलादेखि बन्द मलेसियाको रोजगार गत सोमबारदेखि खुलेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  २ : १० बजे

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले

रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन

काठमाडौं– राष्ट्रियभा सदस्य रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा

हर्क साम्पाङलाई जानकारको सुझाव– ‘सस्तो स्टन्टले निलम्बनमा परिएला’

काठमाडौं- चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले अहिलेसम्म

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

प्रतिनिधिसभा : असारअघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौं– सांसदहरूले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख