भुवनको निवेदनपछि साम्राज्ञीले वकिलमार्फत पठाइन् मौखिक जवाफ ! « Khabarhub

भुवनको निवेदनपछि साम्राज्ञीले वकिलमार्फत पठाइन् मौखिक जवाफ !


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीबीचको झगडा नेपाल चलचित्र कलाकार संघसम्म पुगेको छ । भुवन केसीले गत असार १८ गते आफ्नो चरित्रहत्या भएको भन्दै छानबिनका लागि संघमा उजुरी दिएका थिए ।

यो उजुरीका आधारमा चलचित्र कलाकार संघले साम्राज्ञीलाई संघमा बोलाएर छलफल गरेको थियो । संघका प्रवक्ता एवम् उपाध्यक्ष मोहन निरौलाले असार २० गते साम्राज्ञीले मौखिक जवाफ दिएको बताए ।

उनका अनुसार साम्राज्ञीले संघमा आफूले सामाजिक सञ्जालमा भुवन केसीको नाम नलिएको र यो विषयलाई अगाडि बढाउन नचाहेकाले यसबारेमा थप नबोलेको बताएकी थिइन् ।

‘उहाँ (साम्राज्ञी शाह) २० गते अफिसमा आउनुभयो र आफ्ना कुरा राखेर जानुभयो, उहाँले मैले कसैको नाम लिएकी छैन भन्नुभयो,’ प्रवक्ता मोहन निरौलाले भने ।

उनका अनुसार साम्राज्ञीले संघले पहल गर्दा पछि असार २३ गते वकिलमार्फत मौखिक जवाफ दिएकी थिइन् । त्यसपछि भने उनी संघमा उपस्थित भएकी छैनिन् ।

‘साम्राज्ञीले केही समय व्यस्त छु भन्नुभयो, हामी अझै दुवै पक्षलाई मिलाउने पहल गरिरहेका छौं, उहाँसँग सम्पर्क भइरहेको छ,’ निरौलाले भने ।

उनले यो मुद्दा कलाकार संघले नै मिलाउने दाबी समेत गरे । उनले भने, ‘दुवै पक्षसँग कुरा भइरहेको छ, संघले नै यो मुद्दा मिलाउँछ ।’

केही समयअघि नायिका साम्राज्ञीले भुवन केसीलाई इंगित गर्दै आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् । यो आरोपपछि भुवनले यसलाई नकार्दै छानबिन गर्न भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ४ : २४ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा