तनहुँ पहिरो : १० जनाको शव फेला (अपडेट) « Khabarhub

तनहुँ पहिरो : १० जनाको शव फेला (अपडेट)


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ ।

आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

रात परेकाले बेपत्ता भएकाहरुको खोजी कार्यलाई आजलाई स्थगित गरिएको र मङ्गलबारबाट पुनः खोजी कार्य तीव्र पारिने पौडेलले बताए ।

“दिनभरको उद्धारमा दश जनाको शव भेटिएको छ, भोलिबाट पुनः खोजीकार्य तीव्र पारिनेछ, बेपत्ता भएकाको खोजीका लागि ठूला उपकरणसमेत प्रयोग गरिएको छ”, पौडेलले भने ।

पहिराले पुरिएर बेपत्ता भएका ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका एकै परिवारका पाँच, व्यास–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

पहिराले पुरिएर ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, उनकी श्रीमती २९ वर्षीया नानुमाया थापा, पाँच वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थापा र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापाको शव भेटिएको छ ।

पहिराले पुरिएर घाइते अनबहादुरकी श्रीमती ज्योतिमायाको भने उद्धार पछि पोखरामा उपचार भइरहेको छ ।

यस्तै व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको शव फेला परेको छ । पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पहिराले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेल बेपत्ता छन् । पहिराले पुरिएर घाइते व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ८ : ०५ बजे

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु