राखेपको एकै कर्मचारी सात संघमा सदस्य ! « Khabarhub

राखेपको एकै कर्मचारी सात संघमा सदस्य !


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यन्वयनमा आएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीले खेल संघबाट राजिनामा दिन थालेका छन् ।

असार १८ देखि कार्यन्वयनमा आएको नयाँ ऐनले राखेपको कर्मचारी संघमा आवद्ध रहन नहुने व्यवस्था गरेपछि कर्मचारीहरु खेलकुद विकास विभागमा धमाधम राजीनामा बुझाउन थालेका छन् ।

सोमबार बेलुकीसम्म राखेपका कर्मचारीहरुमध्ये ३३ जनाले ५६ पदबाट राजीनामा दिएका छन् ।

रष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते खेलकुद विधेक प्रमाणीकरण गरेकै दिनदेखि कर्मचारीहरुले आफू आवद्ध संघबाट राजीनामा दिन थालेका हुन् ।

जसमध्ये संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, खेलकुद विकास विभागका प्रशाशकीय अधिकृत चन्द्र कुमार राई र प्रशासनिक अधिकृत ओमनाथ न्यौपानेले असार ११ गते नै राजीनामा बुझाएका हुन् ।

रोखपको तथ्याङ्क अनुसार एक व्यक्ति सातवटा खेल संघमा सदस्य रहेको पाइएको छ । संघ संस्था समन्वय शाखाका नायब सुब्बा राजेन्द्र बहादुर श्रेष्ठ विभिन्न सातवटा संघको सदस्य रहेको पाइएको हो ।

उनी नेपाल रोल बल संघ, नेपाल सो क्योकशिन कराते संघ, पारा भारत्तोलन संघ, नेपाल आइकिडो संघ, नेपाल शारिरिक सुगठन तथा फिटनेस संघ, जापान गोजुरियो कराते डो केन्वाइ नेपाल संघ, नेपाल जीतकुण्ड मार्शल आर्ट संघको सदस्यमा रहेका थिए ।

यस्तै, राखेपका प्रशाशकीय अधिकृत ओमनाथ न्यौपाने नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, नेपाल फुटसल संघ, नेपाल जीतकुण्डो संघ, जापान गोजुरियो डो मिशन संघ नेपाल, नेपाल जोरखाने खेलकुद संघ गरि पाँच वटा संघको सदस्य रहेका थिए ।

उनले असार ११ गते नै संघहरुबाट राजीनामा बुझाइसकेका छन् ।

यस्तै, ४–४ वटा संघको सदस्य रहेका संघ संस्था समन्वय शाखाका प्रमुख रहेका ज्ञानेन्द्र श्रेष्ठ र सोही शाखाका प्रशासकीय अधिकृत धन शाही पनि चार वटा संघको सदस्य रहेको खुलेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : ३७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क