राखेपको एकै कर्मचारी सात संघमा सदस्य ! | Khabarhub Khabarhub

राखेपको एकै कर्मचारी सात संघमा सदस्य !


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यन्वयनमा आएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीले खेल संघबाट राजिनामा दिन थालेका छन् ।

असार १८ देखि कार्यन्वयनमा आएको नयाँ ऐनले राखेपको कर्मचारी संघमा आवद्ध रहन नहुने व्यवस्था गरेपछि कर्मचारीहरु खेलकुद विकास विभागमा धमाधम राजीनामा बुझाउन थालेका छन् ।

सोमबार बेलुकीसम्म राखेपका कर्मचारीहरुमध्ये ३३ जनाले ५६ पदबाट राजीनामा दिएका छन् ।

रष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते खेलकुद विधेक प्रमाणीकरण गरेकै दिनदेखि कर्मचारीहरुले आफू आवद्ध संघबाट राजीनामा दिन थालेका हुन् ।

जसमध्ये संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, खेलकुद विकास विभागका प्रशाशकीय अधिकृत चन्द्र कुमार राई र प्रशासनिक अधिकृत ओमनाथ न्यौपानेले असार ११ गते नै राजीनामा बुझाएका हुन् ।

रोखपको तथ्याङ्क अनुसार एक व्यक्ति सातवटा खेल संघमा सदस्य रहेको पाइएको छ । संघ संस्था समन्वय शाखाका नायब सुब्बा राजेन्द्र बहादुर श्रेष्ठ विभिन्न सातवटा संघको सदस्य रहेको पाइएको हो ।

उनी नेपाल रोल बल संघ, नेपाल सो क्योकशिन कराते संघ, पारा भारत्तोलन संघ, नेपाल आइकिडो संघ, नेपाल शारिरिक सुगठन तथा फिटनेस संघ, जापान गोजुरियो कराते डो केन्वाइ नेपाल संघ, नेपाल जीतकुण्ड मार्शल आर्ट संघको सदस्यमा रहेका थिए ।

यस्तै, राखेपका प्रशाशकीय अधिकृत ओमनाथ न्यौपाने नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, नेपाल फुटसल संघ, नेपाल जीतकुण्डो संघ, जापान गोजुरियो डो मिशन संघ नेपाल, नेपाल जोरखाने खेलकुद संघ गरि पाँच वटा संघको सदस्य रहेका थिए ।

उनले असार ११ गते नै संघहरुबाट राजीनामा बुझाइसकेका छन् ।

यस्तै, ४–४ वटा संघको सदस्य रहेका संघ संस्था समन्वय शाखाका प्रमुख रहेका ज्ञानेन्द्र श्रेष्ठ र सोही शाखाका प्रशासकीय अधिकृत धन शाही पनि चार वटा संघको सदस्य रहेको खुलेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : ३७ बजे

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व