अमेरिका बस्दै आएका २८० जना पक्राउ, इतिहासमै यतिठूलो संख्यामा कामदारहरु धरपकड  « Khabarhub

अमेरिका बस्दै आएका २८० जना पक्राउ, इतिहासमै यतिठूलो संख्यामा कामदारहरु धरपकड 


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् ।

एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो ।

अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका हुन् । यो कम्पनी डल्लासबाट करिब २४ किलोमिटर उत्तरपूर्वको अलेनमा रहेको छ ।

सङ्घीय जाँच एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरु उक्त कम्पनीमा कार्यरत रहेको दाबी गरेको छ, तर पक्राउ परेका व्यक्तिहरुका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई काममा लगाएको सूचनाका आधारमा छापा मारेको जनाएको छ ।

सीभीईमा कार्यरत येसेनिया पोन्सले सङ्घीय जाँच निकायले गरेको धरपकड निकै कहालीलाग्दो रहेको बताउँदै सहकर्मीहरुलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन समेत भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : १० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले