विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ? « Khabarhub

विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा भने भारी वर्षाको हुने सम्भावना रहेको छ ।

प्रदेश ५ का रुपन्देही र कपिलवस्तुमा भने गएराति भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै पनि ती क्षेत्रमा ठूलो वर्षाको सम्भावना कायमै रहकाले सम्भावित बाढीको जोखिमबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।

प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बहने ससाना खोलामा बहाव उच्च हुने सम्भावना छ ।

कोशीमा पानीको बहाव सामान्य घटबढ हुने, नारायणीमा केही बढ्ने तर कोशी र नारायणीमा बहाव सतर्कता तह आसपास नै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक