विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ? « Khabarhub

विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा भने भारी वर्षाको हुने सम्भावना रहेको छ ।

प्रदेश ५ का रुपन्देही र कपिलवस्तुमा भने गएराति भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै पनि ती क्षेत्रमा ठूलो वर्षाको सम्भावना कायमै रहकाले सम्भावित बाढीको जोखिमबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।

प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बहने ससाना खोलामा बहाव उच्च हुने सम्भावना छ ।

कोशीमा पानीको बहाव सामान्य घटबढ हुने, नारायणीमा केही बढ्ने तर कोशी र नारायणीमा बहाव सतर्कता तह आसपास नै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच