छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने?: माग्ने बूढा | Khabarhub Khabarhub

छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने?: माग्ने बूढा


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बूढा) ले सामाजिक सञ्जालमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई गाली नगर्न अनुरोध गरेका छन् ।

केही समयदेखि निरौलालाई सामाजिक सञ्जालमा दर्शकले गाली गरिररहेका छन् । अभिनेता राजेश हमाललाई ‘महानायक’ नभनेको भन्दै हमालका फ्यानहरु उनीविरुद्ध खनिएका छन् ।

निरौलाको सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि कतिपय सेलिब्रेटीले उनलाई गाली नगर्न दर्शकलाई आग्रह गरिरहेका छन् ।

विवाद उत्कर्षमा पुगेका बेला माग्ने बूढाले हमालका फ्यानलाई माफी दिन अनुरोध गरेका छन् । उनले राजेश हमालसँग आफूले पनि व्यक्तिगत रुपमा माफी मागेका छन् ।

‘दिदी (दीपाश्री निरौला) को गल्ती थियो, माफी पनि मागी सक्नुभयो, म पनि महानायक राजेश दादासँग् व्यक्तिगत रुपमा माफी माग्दछु,’ उनी लेख्छन्, ‘कुन गल्तीको सजाय कति भन्ने पनि त होला नि, छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने त ?’

केदारले दीपाश्री निरौलाको जिब्रो चिप्लेको बताएका छन् । ‘अघिपछि राजेश दाइका बारेमा सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठूलै दशा रहेछ,’ उनी भन्छन् ।

केदारले गल्ती मान्छेबाटै हुने भएकाले सच्चिएर अगाडि बढ्न मौका दिन र गाली नगर्न समेत अनुरोध गरेका छन् । ‘गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडि बढ्ने मौका दिनुहोस्,’ माग्ने भन्छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : २७ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू