दीपिकाले खेल्ने भइन् ‘हेलो जिन्दगी’ « Khabarhub

दीपिकाले खेल्ने भइन् ‘हेलो जिन्दगी’


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ऐश्वर्य’ गर्ल दीपिका प्रसाईंले फिल्म ‘हेलो जिन्दगी’ मा अभिनय गर्ने भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी दीपिकाले यसपछि फिल्म ‘छक्का पञ्जा ३’ मा पनि मुख्य भूमिका निभाएकी थिइन् । पारिवारिक कारण देखाउँदै उनले बीचमा अफर आएका फिल्ममा साइन गरेकी थिइनन् ।

आउँदो वर्षको शुरुवातमा निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिन लागेकी यी नायिका यतिबेला भने फिल्म ‘हेलो जिन्दगी’ मा अनुबन्ध भएकी छिन् । स्रोतका अनुसार उनले यो फिल्मका लागि दश लाखको हाराहारीमा पारिश्रमिक लिएको बताइएको छ ।

निर्देशक एभरेस्ट सूर्य बोहराले फिल्मको छायांकन बेलायतमा हुने बताएका छन् । यो फिल्ममा अर्की नायिका स्वेता खड्काको पनि इन्ट्री भइसकेको छ । यद्यपि मुख्य अभिनेता को हुने भन्ने अझै तय भएको छैन ।

छिट्टै नै छायांकनका लागि बेलायत जाने बताइएको यो फिल्ममा सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको पनि अभिनय रहने जनाइएको छ ।

फिल्मलाई सिर्जना जोशीले निर्माण गर्नेछिन् भने छायांकन पुरुषोत्तम प्रधानको रहनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ४५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा