संस्थापन इतरका जिल्ला सभापतिहरुको निष्कर्ष– महासमिति बैठकले गरेको निर्णय पारित नभए विशेष महाधिवेशन | Khabarhub Khabarhub

संस्थापन इतरका जिल्ला सभापतिहरुको निष्कर्ष– महासमिति बैठकले गरेको निर्णय पारित नभए विशेष महाधिवेशन



काठमाडौं– नेपाली कांग्रेसका संस्थापन इतरका जिल्ला सभापतिहरुले महासमिति बैठकले गरेको निर्णय पारित गर्न दवाव दिने निर्णय गरेका छन् ।

बुधबार(हिजो) देखि शुरु भएको ५० बढी जिल्ला सभापतिहरुको भेला विहीबार(आज) सकिएको हो ।

महत्वपूर्ण दुईवटा विषयमा छलफल भएको भेलामा सहभागी कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।

केन्द्रीय सदस्यसमेत बुथबाटै निर्वाचित भएर आउनुपर्ने, समानुपातिक र समावेशी कोटाबाट बढिमा २ पटकसम्म मात्रै सांसद बन्न पाउने, केन्द्रीय स्तरका नेताहरु पनि महाधिवेशन प्रतिनिधि बन्न बुथबाटै निर्वाचित भएर आउनुपर्ने लगतयका विषयमा गम्भीर छलफल भएको आचार्यले जानकारी दिए ।

महासमिति बैठकले गरेको निर्णय अनुसार नै गर्न पार्टीमा दवाव दिने निर्णय भेलाले गरेको छ ।

‘महासमिति बैठकले गरेको निर्णयहरुलाई पास गर्न पहिलो चरणमा दवाव दिने निर्णय भएको छ’ आचार्यले भने,‘ २३ गते बस्ने केन्द्रीय समिति बैठले त्यसको निर्णय गरोस् ।’

आफूहरुले राखेको विषयमा केन्द्रीय समिति बैठकबाट कुनै निर्णय नभए ७७ जिल्लाबाट हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनमा जाने निर्णय भेलाले गरेको छ ।

‘केन्द्रीय समितिमा यी मागहरुबारे कुनै निर्णय भएन भने ७७ जिल्लाबाट हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनमा जाने निर्णय भएको छ’ आचार्यले भने ।

उता, पार्टी सभापति शेरबहादुर देउवाले भने पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा विहीवार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे । सभापति देउवाले भने ,’स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट निष्काशन गर्नुहुन्थ्यो तर म केही गर्दिन, अनुशासन समितिले यसलाई हेर्छ ।’

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ५६ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र