पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावलसहित तीनै जनाले पाए सफाइ « Khabarhub

पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावलसहित तीनै जनाले पाए सफाइ


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले पोलिमर नोट प्रकरणमा मुछिएका पूर्वगभर्नर तिलक रावलसहित आरोपी तीनै जनालाई सफाइ दिएको छ।

विशेष अदालतले मंलबार पूर्वगर्भनर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडेलाई सफाइ दिने फैसला गरेको हो।

अख्तियारले उनीहरुविरुद्ध जनही ९१ लाख ९ हजार बिगो दाबी गरी २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती  तथा शान्तिसिंह थापाको संयुक्त इजलाशले पोलिमर नोट प्रकरणमा तीनै जनालाई सफाइ दिएको हो ।

राष्ट्र बैंकले १० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट छापेको थियो। तर, ती नोट छाप्दा गुणस्तर कायम नगरेको, अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गैरकानुनी मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित उनीहरुविरुद्ध अख्तियारले मुद्दा चलाएको थियो।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ३१ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात