लगातारको वर्षाले सप्तरीका ३ गाउँपालिका केही घर भत्किए, २२ परिवार विस्थापित | Khabarhub Khabarhub

लगातारको वर्षाले सप्तरीका ३ गाउँपालिका केही घर भत्किए, २२ परिवार विस्थापित


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् ।

वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताए ।

महदेवा–१ स्थित खाँडोखोलाको किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको हो । घर भत्किएपछि भुवनको १० जनाको परिवार, रामचन्द्रको सात जनाको परिवार र पवनको पाँच जनाको परिवार विस्थापित भएका छन् ।

यसैगरी डाक्नेश्री नगरपालिकामा पनि एक घर भत्किएको छ । डाक्नेश्री–३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको सप्तरी प्रहरीले जनाएको छ । घर भत्किँदा ५३ हजार रूपैयाँको क्षति भएको सप्तरी प्रहरीले अनुमान गरेको छ ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित खाँडोखोलाको पानीले रामानन्द रायको मोटरसाइकल ग्यारेजमा पानी पस्दा मेसिनरी सामान, मोटर पार्ट्स गरी रु ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ५० बजे

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक