आजदेखि फेरि सुरू हुँदै उद्धार उडान | Khabarhub Khabarhub

आजदेखि फेरि सुरू हुँदै उद्धार उडान


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि फेरि उद्धार उडान सुरू गर्दैछ ।

दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती आजदेखि फेरि सुरु हुन लागेको हो ।

आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि सार्वजनिक गरिएको उडान तालिकामा विभिन्न देशबाट ४२ उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ६ अन्तर्राष्ट्रिय उडानबाट नेपालीहरू आउने छन् । नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् ।

आजै यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाँदैछ ।

एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।

जजिरा एअरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ ।

सरकारले गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिदै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ४७ बजे

नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणघाट–बुटवल सडकअन्तर्गत पर्ने

घुसमा मुछिएका मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेबाटै दबाब, गौतम भन्छन्- ढिला गर्नु हुँदैन

काठमाडौं- घुस लेनदेनका लागि विचौलियासँगको बार्गेनिङमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न छलफलमा छौँ : पर्यटनमन्त्री

काठमाडौं–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय

सरकारले कसैलाई जोगाएको छैन, अडियो प्रकरणमा छिटै निष्कर्ष आउँछ : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री राजकुमार

घुस प्रकरणले घेरिएपछि प्रधानमन्त्री ओलीले बोलाए देउवा र यादवलाई

काठमाडौं- दुईजना मन्त्री घुस प्रकरणमा मुछिएर सरकार घेराउमा परेपछि प्रधानमन्त्री