देवघाटमा बोलबम मेला नहुने | Khabarhub Khabarhub

देवघाटमा बोलबम मेला नहुने


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ ।

देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।

समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताए ।

‘चितवन, नवलपुर र तनहुँको प्रसाशनसँगको छलफलबाट मेला नगर्ने निर्णय गरेका छौँ’, पौडेलले भने, ‘सबैभन्दा पहिला जीवन बचाउनुपर्छ, त्यसपछि धार्मिक क्रियाकलाप गर्ने हो ।’

देवघाटमा करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ । साउने सोमबार देवघाटमा दर्शानार्थीको भीड नै लाग्ने गर्दथ्यो ।

यही असार ७ गते परेको खण्डग्रास सूर्यग्रहणमा समेत देवघाटमा स्नानमा नआउन समितिले सार्वजनिक सूचना नै जारी गरेको थियो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिमका कारण देवघाट प्रवेशमा समेत चैतयता निगरानी बढाइएको छ । बढीमा २५ जना सामाजिक दूरी कायम गरी तथा स्वास्थ्य सुरक्षासहित दाहसंस्कारमा सहभागी हुन पाइने गरी सार्वजनिक अपिल गर्दै आएको छ ।

समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले भीडभाड हुँदा सामाजिक दूरी कायम गर्न नसकिने भएकाले मेला हुन नसक्ने बताए । सरकारले देशभर कुनै मेला महोत्सव आयोजना नगर्न निर्देशन नै जारी गरिसकेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ११ : ०७ बजे

हर्क नेतृत्वको धरानले तीन महिनापछि ल्यायो २ अर्ब २० करोड ७४ लाखको बजेट

सुनसरी- भाइरल भइरहने मेयर हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिकाले तीन

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान– धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम

अष्टलक्ष्मीको दाबी : जेन-जी आन्दोलनमा स्वार्थी तत्वको घुसपैठ भयो

काठमाडौँ- नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले देश रोइरहेको

अस्पतालको बेडमा रोशनको रोष– ‘राष्ट्रिय सम्पत्ति सिध्याउनेलाई नछाडौँ’

काठमाडौं– काभ्रेपलाञ्चोक बनेपाका २६ वर्षीय रोशन पराजुली ट्रमा सेन्टरमा उपचार गराइरहेका

सुदन गुरूङ नेतृत्वको हामी नेपाल भन्छ- महेश बस्नेतले झूटो बोल्दैछन्

काठमाडौँ– जेन-जी आन्दोलनबाट चर्चामा आएका सुदन गुरुङ नेतृत्वको हामी नेपाल