राजदूत ढकाल र चिनियाँ राजदूत हाउबिच शिष्टाचार भेटवार्ता « Khabarhub

राजदूत ढकाल र चिनियाँ राजदूत हाउबिच शिष्टाचार भेटवार्ता


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत कृष्णप्रसाद ढकालले कुटनीतिक नियोगमार्फत एसियाका प्रतिनिधिसँग भेटघाट र छलफल शुरु गरेका छन् ।

नेपालले जस्तै श्रमिक कामदारको रुपमा यूएईमा कामदार आपूर्ति गर्ने देश भारत, बङग्लादेश, श्रीलका र अन्य देशका एसियाका प्रमुखसँग राजदूत ढकालले छलफल गरिरहेका छन् ।

बुधबार राजदूत ढकालले र चिनियाँ राजदूत चाङ हाउसँग शिष्टाचार भेट गरेका छन् । आबुधाबीमा रहेको चिनियाँ दूतावासको कार्यालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल गरिएको दूतावासले जनाएको छ ।

दुई देशका राजदूतबिच भएका पछिल्लो छलफलमा नेपालको पर्यटन र आर्थिक विकासमा चीनले गर्दै आएको सहयोगका विषयमा कुराकानी भएको दूतवासले जनाएको छ ।

नेपालसँगै भारत, बङ्लादेशलगायत कामदार पठाउने देशका समस्याका मिल्दोजुल्दो भएकाले सवै मिलेर समाधान खोज्ने विषयमा राजदूत ढकाल छलफलमा जुटेको युएईस्थित नेपाली राजदूतवासले जानकारी दिएको छ ।

यी देशसँग समस्याका प्रकृति उस्तै हुने भएकाले साझा विषयमा छलफल र समाधानका उपायको खोजीमा राजदूत ढकालको कुटनीतिक भेटघाटमा केन्द्रित भएको छलफल गरेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ४ : ३५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा