ओली र प्रचण्डबीचको छलफल विना निष्कर्ष टुङ्गियो « Khabarhub

ओली र प्रचण्डबीचको छलफल विना निष्कर्ष टुङ्गियो


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ ।

बुधवार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा भएको ३ घण्टा लामो भेट विना निष्कर्ष टुंगिएको हो । दुई अध्यक्षबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको थियो ।

यसअघि पनि दुई अध्यक्षबीच नेकपा विवादबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेको छैन ।

पछिल्लो समय नेकपा स्थायी कमिटीका सदस्यसहित शीर्ष नेताहरुले अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपाभित्र थप विवाद उत्पन्न भएको थियो ।

साउन २ गते हुने स्थायी कमिटीको बैठकअघि दुई अध्यक्षले सहमति जुटाउने प्रयास गरे पनि आजको छलफल विना निष्कर्ष टुंगिएको स्रोतले जनाएको छ ।

आजको बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले केहीबेर सहभागि थिए । पछि अध्यक्षद्वयले मात्र छलफल गरेका थिए ।

दुई अध्यक्षबीच बिहीबार पुनः छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : ५५ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक