आज ६०९ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

आज ६०९ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा देखिएका छन्। प्रदेश २ मा हालसम्म ४ हजार ८८५ जनालाई कोरोना संक्रमण भएको छ। जससध्ये २ हजार ७६६ जना निको भइसकेका छन्।

प्रदेश नम्बर ५ मा ४ हजार १९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार ८१८ जना संक्रमणमुक्त भएका छन्  । यसैगरी सुदूरपश्चिम प्रदेशमा ४ हजार १२७ जनालाई कोरोना संक्रमण भएको छ। तीमध्ये २ हजार १२९ जना निको भइसकेका छन्।

त्यस्तै, कर्णाली प्रदेशमा १ हजार ५७ जना संक्रमितमध्ये १ हजार ५४० जना संक्रमण मुक्त भइसकेका छन्।

गण्डकी प्रदेशमा हालसम्म १ हजार ४०३ संक्रमितमध्ये १ हजार २० जना संक्रमणमुक्त भएका छन्। बागमती प्रदेशमा ८८२ संक्रमितमध्ये ४५२ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रदेश १ मा सबैभन्दा कम संक्रमित देखिएका छन्। प्रदेश १ मा हालसम्म ८६० संक्रमितमध्ये ७५२ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

 

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ४ : २१ बजे

सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र

महाधिवेशन नगरी निर्वाचनमा गए कांग्रेसलाई जनताले पत्याउँदैनन् : प्रदीप पौडेल (अन्तर्वार्ता)

काठमाडौं- नेपाली कांग्रेसमा अहिले संस्थापन पक्ष र इतरबीच ठूलो द्वन्द्व

किसानका दुख : उडायो सपना सबै झरीले… 

काठमाडौं– ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी)

फिलिपिन्समा सुपर टाइफुन हाइयानका कारण हजारौँ विस्थापित

एजेन्सी – फिलिपिन्सका तटीय प्रान्तहरूमा सुपर टाइफुन हाइयानको कारण सोमबार

राष्ट्र बैंक र भारतीय रिजर्व बैंकको साझा समन्वय संयन्त्रको बैठक सम्पन्न

काठमाडौं– नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को