अमेरिकामा कोरोनाले १ लाख ४० हजारभन्दा बढीको मृत्यु « Khabarhub

अमेरिकामा कोरोनाले १ लाख ४० हजारभन्दा बढीको मृत्यु


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९०० जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ४३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६८ हजार ९०५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३६ लाख १३ हजार ९८२ पुगेको छ ।

कुल संक्रमितमध्ये १६ लाख ३६ हजार ६९८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १८ लाख ३७ हजार २४१ जनामध्ये १६ हजार ३४६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : ०७ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ